एक लाख ७४ हजार कोभिड १९ लागेका मानिस स्वस्थ

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
विश्व स्वास्थ्य संगठनका अनुसार ३ महिनाको अवधिमा कोरोना भाइरसका कारण प्रभावित बनेकाहरुमध्ये ठूलो संख्यामा मानिसहरु स्वस्थ भएर घर फर्किन थालेका छन् ।
नोवेल कोरोना भाइरस कोभिड–१९ ले बिरामी परेका संसारभरका एक लाख ७४ हजार मानिसहरु स्वस्थ भएर घर पलर्किएका हुँन् ।
यस्तै भाइरसका कारण विश्वभर ८ लाख २० हजार मानिसहरु संक्रमित भएका छन् भने मंगलवारसम्म ४० हजार मानिसहरुको मृत्यु भैसकेको छ ।
भाइरसका कारण सबैभन्दा बढी मृत्यु हुने देशमा इटली रहेको छ भने सबैभन्दा बढी संक्रमित हुनेमा अमेरिका रहेको छ ।