रौतहटमा खाद्यान्नको होम डेलिभरी सेवा



मेरो प्रदेश सम्वाददाता
रौतहट
उद्योग बाणिज्य संघले घरमै सामान पु¥याउन (होम डेलिभरी) सेवा सुरु गरेको छ । रौतहटमा रहेका खाद्यान्न पसल बन्द भएपछि लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले उद्योग बाणिज्य संघको सहकार्यमा गौर तथा चन्द्रपुर नगरपालिकामा खाद्यान्न सामग्रीका लागि होम डेलिभरी सेवा सुरु गरेको हो ।


कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्नका लागि ११ वटा खाद्य पसलमार्फत् सर्वसाधारणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित जयसवालले बताएका छन ।

सेवालाई थप प्रभाबकारी बनाउन उपभोक्ताहरुका लागि खाद्यान्न पसलको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको उनले जानकारी दिए । चन्द्रपुर नगरपालिकाको १० वटा वडाका बासिन्दालाई माग अनुसारको खाद्यान्न सामग्री पुरयाउनका लागि खाद्य पसल तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button