राष्ट्रिय वनको दुई हजार हेक्टर भन्दा बढी क्षेत्रफल साझेदारी वनमा गाभियो

मेरो प्रदेश सम्वाददाता
बारा
बाराको राष्ट्रिय वनको दुई हजार हेक्टर भन्दा बढी क्षेत्रफल साझेदारी वनमा गाभिएको छ । तामागढि साझेदारी वनको एक हजार आठ सय ६३ हेक्टर क्षेत्रफल अन्तराष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रभित्र परेपछि साझेदारी वन जम्मा सात सय १५ हेक्टरमा सिमित भएको हुनाले साझेदारी बनको क्षेत्रफल सानो भएपछि राष्ट्रिय वनको करिव दुई हजार तीन सय ३६ हेक्टर वन क्षेत्र साझेदारीमा परिणत गरिएको डिभिजन वन कार्यालय, बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए । यससँगै बाराको राष्ट्रिय वन अब ३१ हजार एक सय ९१ हेक्टर क्षेत्रफलमा सिमित भएको छ । प्रस्ताबित अन्तराष्ट्रिय विमानस्थल निर्माण हुने भूभागबाट दक्षिण तर्फको करिव एक हजार पाँच सय २६ र पूर्व तर्फको आठ सय १० हेक्टर वन साझेदारीमा परिणत भएको हो ।