आजदेखि जावलाखेलमा रहेको सदर चिडियाखाना बन्द हुने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
विश्वभर माहमारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमणको जोखिमबाट बच्न आज शुक्रबारदेखि ललितपुर स्थित जावलाखेलमा रहेको सदर चिडियाखाना बन्द हुने भएको छ ।चिडियाखाना व्यवस्थापन प्रमुख डा। चिरञ्जीवीप्रसाद पोखरेलले विद्यालयको वार्षिक परीक्षा सकिएपछि विद्यार्थीको भ्रमणको मुख्य आकर्षण चिडियाखाना रहेकाले यसबाट भिंडभांड बढ्ने र कोरोना संक्रमण हुन सक्ने कुरालाइ मध्येनजर गर्दै चिडियांघर बन्द गरिएको बताए ।
अवलोकन भ्रमणको लागि बन्द गरे पनि जीवजनावरको रेखदेखका लागि खटिने कर्मचारी नियमित रूपमा कार्यालयमा आउने पोखरेलले बताए । चिडियाखाना बिहान १० देखि सांझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो ।