घुस सहित प्रधानाध्यापक पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार २ हजार रुपैयाँ घुस लिदै गर्दा धनुषाको सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार पक्राउ गरेको हो ।
भोलि (बिहीबार)देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button