आफ्नै भाउजुलाइ खुकुरी प्रहार गरेर हत्याको प्रयास गर्नैे देवर पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
आफ्नै भाउजुलाइ खुकुरी प्रहार गरेर हत्याको प्रयास गर्नैे देवरलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्लाको यमुनामाई गाँउपालिका १ घर भएकी पुनम सहनीलाई खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो । घरको कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी प्रहार गरेर हत्या गर्ने प्रयास गरेको हो ।
घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । पक्राउ परेका सहनीको साथबाट प्रहरीले घटनामा प्रयोग भएकोे खुकुरी बरामद गरेको र घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button