कोरोना भाईरसका कारण जनकपुर पटना बस सेवामा रोक



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरदेखि भारतको विहारको राजधानी पटनासम्म चल्ने बस सेवा आजदेखि बन्द भएको छ ।
कोरोना भाइरसले भारतमा असर देखाएकाले जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री बससेवा आजदेखि सञ्चालनमा रोक लगाइएको हो ।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button