कार्यक्रममा सरीक भएरपनी उद्घाटन नगरी फर्किए मन्त्री पोखरेल



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको आईतवार महोत्तरीको
मटिहानी नगरपालिकामा रहेका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनी कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको भन्दै सार्वजानिक कार्यक्रममा सरिक भई भवनको उद्घाटन नगरी फर्किएका छन ।
मनत्री पोखरेलले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामा समेत स्थापनागर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button