आज देशका मध्य तथा पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली हुने



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
पश्चिमी वायुको प्रभावले आज देशका मध्य तथा पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमी भूभागमा आंशिक बदली भएको जानाएकोे छ ।
यसैगरी देशका पूर्वी भागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानाएको छ ।
राति भने देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button