पहिलाे पटक  कोरोना भाइरसको संक्रमणबाट  एक भारतीयकाे  मृत्यु



भारतमा पहिलाे पटक  कर्नाटक राज्यमा ७६ वर्षीय वृद्धकाे कोरोना भाइरसको संक्रमणका कारण   मृत्यु छ । मृत्यू भएका ती व्यक्तीकाे परिचय भने नखुलाइएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्रै  स्वास्थ्य परीक्षणका क्रममा  कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । संक्रमित  भए  लगत्तै   उक्त व्यक्तीलाइ  अलग्गै राखेर उपचार सुरु गरिएको थियो । उनकाे मृत्यू  मंगलबार राती भएकाे थियाे भने उनी भर्खरै साउदी अरेबीयाबाट अाएका थिए ।मृत्यु भएका व्यक्तिकाे उपचार  तेलंगनाको अस्पतालमा गरिएकाे थियाे ।

त्यसैगरी बिहीबार भारतले सबै विदेशी मुलुकबाट आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने  दिल्ली सरकारले मार्च ३१ सम्मका लागि सिनेमा हल समेत बन्द गर्ने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितकाे संख्या ७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button