विप्लप कार्यकर्ताकाे निशाना हुंदै बालिका

धनुषाबाट बुधबार अपहरणा गरेर लगिएकी १४ वर्षीय बालिकालाइ प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लडाकु बनाउन खाेजेकाे रहस्य बाहिर अाएकाे छ । विप्लपकाे कार्यकर्ताले ती बालिकालाई लगेर विप्लव समूहले आफ्नै सैन्य समूहमा सहभागि गराउन खाेजेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न अाएकाे छ ।
अपहरित बालिकालाइ बुधबार दिउसाे सिन्धुलीको सिमानामा पर्ने धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ बाट विप्लपका कार्यकर्ताले लडाकु बनाउने निशाना बनाउदै अपहरण गरेका थिए । अपहरित बालिकाकाे घर सिन्धुली भएकाे बताइएकाे छ ।
प्रदेश नं २ का डीआईजी प्रधुम्न कार्कीका अनुसार ती बालिका र उनको परिवार सिन्धुलीसँग सीमा जोडीएको धनुषा क्षेत्रमा गाइगोठमा बस्दै आएका थिए । बुधबार दिउसाे घरमा काेही नभएको माैका छाेपी विप्लपका कार्यकर्ताले फकाएर बालिका अपहरण गरेका थिए ।
डीआईजी कार्कीले बालिका अपहरण परे लगत्तै बुधबारबाटै सिन्धुली, धनुषा लगायतका क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सयुक्त टोलीले बालिकाकाे खाेजी कार्यलाइ तीब्र पारेकाे थियाे । कार्कीले बालिका अपहरणकाे अन्य कुनै कारण नभएकाे र अपहरणकारीकाे साथबाट जनसेनाको सैन्य पोसाक समेत बरामद भएकाेले बालिका अपहरणकाे पछाडी लडाकु बनाउन खाेजीएकाे शंका गर्न सकिने बताए ।