कोरोनाको आशंकामा ६ जना अस्पतालकाे निगरानीमा 



बर्दिबास ः कोरोना भाइरसको आशंकामा   ६ जनालाई काठमाण्डाैकाे दुइवटा अस्पतालमा निगरानीमा   राखिएकाे छ ।  ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे  छ । 

मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाले बिहीबार  पत्रकार सम्मेलन गर्दै   ६ रूघाखाेकीका बिरामीलाइ काेराेनाभाइरस  संक्रमणको आशंकामा दुइवटा अस्पतालमा राखिएकाे जनकारी दिए ।  पत्रकार सम्मेलनमा  प्रवक्ता देवकाेटाले  विभिन्न ८ देशका नागरिकलाई नेपाल आउन  रोक लगाइएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button