जनकपुरधाम लगायत मिथिलाञ्चलको विभिन्न ठाउँहरुमा आज होली पर्व मनाईदै



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाम लगायत मिथिलाञ्चलको विभिन्न ठाउँहरुमा आज होली पर्व मनाइदै छ ।
आपसी प्रेम र सद्भाव र सदाचारको रुपमा लिईने होली पर्व १५ दिने मिथिला मध्यमा परिक्रमा सकिएको भोली पल्ट तराई मधेशमा खेल्ने परम्परा रहँदै आएपनी सोमबार मिथिला मध्यमा परिक्रमा सकिएपछी मंगलबार माछा मासु नखाने अधिकांसले आज बुधबार होली मनाउन लागेका हुन् ।
पवको अवसरमा जनकपुरको विभिन्न स्थानमा युवाहरुले मटकाफोर लगायत बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button