भ्रमण वर्ष सन् २०२० औपचारिक रुपमा स्थगित गर्ने सरकारकाे तयारी

नेपाल भ्रमण वर्ष सन् २०२० काे औपचारिक रूपमा नै स्थगित नै स्थगित गर्ने तयारी नेपाल सरकारले गरेको छ । कोरोनाभाइरसकाे त्रासका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि भ्रमण वर्ष स्थगित गर्न लागिएकाे पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाका कारण विदेशकमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड लिने अल्पकालीन रणनीति तय गरे पनि प्रभावकारी नदेखिएपछि नेपाल सरकारले भ्रमण वर्ष स्थगित गर्न बाध्य भएकाे हाे । मन्त्रालयका अनुसार आगामी मन्त्रिपरिषद् बैठकबाट भ्रमणकाे औपचारिक स्थगित गर्ने निर्णय गरिने छ ।