आज पहाड् तथा भोली तराईमा होली पर्व मनाईदै



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाँड हो । यो चाड वसन्त ऋतुमा फागुन महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा बिशेष कारण र ऐतिहासिक महत्व छ ।


होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीकाको दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि छेप्ने र लगाउने चलन छ । होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, तिक्तता बिर्सेर मान्छे एकअर्का्सित मिल्ने गर्दछन’ यस पर्वलाई फागुन महिनामा मनाउने भएकाले फगुवा पनि भनिन्छ ।

घरपरिवार साथीभाइ आपसमा रङले रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती ,बृद्धबृद्धारूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिस रागलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
यो पर्व लाई त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग जोडेर हेरिन्छ, हिरण्यकश्यपका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म गर्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्वको पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग समबन्धीत छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व र चलनको चर्चा गरिएको छ, भगवान श्रि कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको धर्म साश्त्रमा उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनलाई रंगीन उत्सव का रुपमा मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, बगेका पानीका धारा ,नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । यसैगरी होली पर्वको अवसरमा प्रदेश २ सरकारले  मंगलवार र बुधवार २ दिन सार्वजनिक विदा दिएको छ । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेर्ने गरिएकोले नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका भएपनी होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लिन्छन, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि पाईन्छन वयस्ककालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व पनी हो । शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button