शनिबार हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना

शनिबार बिहान काठमाण्डाै लगाएत देशकाे विभिन्न स्थानमा पानी परिरहेकाे छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले शुक्रबार रातीदेखिनै द्रेशका विभिन्न भागमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले शनिबार दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएकाे छ ।
मौसम पूर्वाअनुमान महाशाखाका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात समेत हुनेछ । माैसममा आइतबारदेखि सुधार अाउने छ ।