चिनी कारखानाको जग्गा बिक्री गर्न नदिन मुद्दा हाल्ने प्रदेश २ सरकारको निर्णय



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले शुक्रबार वीरगन्ज चिनी कारखानाको जग्गा बिक्री गर्ने संघीय सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । बैठकले चिनी कारखानाको जग्गा बिक्री गर्न रोक्न संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । उनले संघीयताको मर्र्म िवपरित चिनी उद्योगको ६ विघा जग्गा बिक्री गर्ने निर्णय संघीय सरकारले गरेको उल्लेख गरे । यादवले प्रदेश सरकारको अधिकारलाई संघीय सरकारले हस्तक्षेप गरेको हुनाले सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरे । मन्त्री यादवले’’भने कानुनी लडाइँ लडेर भए पनि आफ्नो अधिकार लिएर छाड्छौं । प्रदेश सरकाको मातहतमा रहनुपर्ने सिंचाइ, मत्स्य विकास र कृषि कार्यालयहरू संघीय सरकारले आफ्नै मातहत राखेकोले त्यसलाई पनि प्रदेश सरकारको मातहतमा ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय भएको जानकारी दिए यस्तै ’बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत अति विपन्न दलित र मुस्लिम छात्रालाई महिनाको ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिईने, कक्षा १ देखि ८ सम्म अध्ययनरत मुस्लिम र दलित छात्रालाई बैंकमार्फत प्रोत्साहन भत्ता उपलब्ध गराइने, मधेस भवन परिसरमा प्रादेशिक रेडियो संचालन गर्ने ,मधेस भवनमै प्रदेश मुद्रण छापाखाना स्थापना गर्ने, जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, सप्तरीको राजविराज नगरपालिकामा पर्ने मलेठको नमुना गरिब–दलित बस्ती निर्माणको जिम्मा नेपाली सेनालाई दिईने, प्रदेश सरकारले त्यस स्थानमा १० करोडको लागतमा नमुना बस्ती बनाउने लगायतका निर्णय मन्त्रिपरिषद बैठकले गरेको मन्त्री यादवले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button