बेपत्ता परिवारका लागि राज्य इमान्दार हुनुपर्ने ,,मुख्यमन्त्री राउत



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिएका छन । धनुषाको जनकपुरमा बिहिवार बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो कुरामा जोड दिएका हुन ।
उनले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभै न्याय पाउन नसकेको टिप्पणी गर्दैे आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे । प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आफ्नो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले बेपत्ता
परिवारले सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने आवश्यकता औल्याए । राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह समेत गरे । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफ्नो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गरेको थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button