हाेली पर्वकाे अवसरमा प्रदेश नं २ मा दुइदिन सार्वजनिक बिदा



जनकपुर । प्रदेश नम्बर २ काे सरकारले होली पर्वको अवसरमा दुइ दिन सार्वजनिक बिदा दिने भएकाे छ । प्रदेश सरकारले यहीं फागुन २७ र२८ गते हाेली पर्वकाे अवसरमा  प्रदेशभर   दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


केन्द्र सरकारले होली पर्वमा एक दिन मात्रै सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले अर्काे एक दिन थपेर  दुई दिन बिदा दिने घाेषणा गरेकाे प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

मिथिला क्षेत्रमा १५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली पर्व मनाइने परम्परा छ ।

फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।पहाडी क्षेत्रमा भने फागुन २६ मै होली मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button