विमानस्थलमा पूर्वराज दम्पतिलाई जाँच

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भारत भ्रमणबाट आज स्वदेश फर्कँदै गर्दा त्रिभुवन विमानस्थलमा पूर्वराज दम्पतिको शरिरको तापक्रम जाँच गरिएको छ ।
दुई साताअघि पत्नी कोमलसहित भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किँदै गर्दा शाह दम्पत्तिलाई विमानस्थलका स्वास्थ्य कर्मचारीले स्वास्थ्य जाँच गरेका हुन । कर्मचारीले तापमान नाप्न आग्रह गरेपछि पूर्वराजा शाह पनि मुस्कुराउँदै तापक्रम जाँच गर्छन, त्यसपछि पूर्वरानी कोमलको जाँच गरिन्छ। सम्भावित कोरोनाभाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै विमानस्थलमा शाह दम्पत्तिको स्वास्थ्यमा जाँच गरिको हो। सरकारले अहिले हवाई यात्राबाट नेपाल आउने हरेक यात्रुको शरिरको तापक्रम जाँच्ने गरेको छ।