हात्तीकाे अाक्रमणबाट एक महिलाकाे मृत्यू

कोशी टप्पु वन्यजन्तु आरक्षकाे हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एक जनाकाे ज्यान गएकाे छ । अाक्रमणबाट मृत्यू हुनेमा सप्तरीकाे कञ्चनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखिया रहेकी छन् । शनिबार घाँस काट्न आरक्षमा गएकाे बेला हात्तीले आक्रमण गर्दा मुखियाकाे ङटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले कञ्चनपुर क्षेत्रमा दैनिकजसाे आतङ्क मच्चाइरहेको स्थानीयवासीको गुनासाे रहेकाे छ ।