९ वर्षीया छोरीले दिइन् बुबालाई दागबत्ती



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेङ्गा शिवपुरका कृष्णा यादव (भोला) को आज ३२ वर्षकै उमेरमा निधन भयो ।
उनको मृत्युपछी दिवंगत शरिरमा बेङ्गास्थित समसान घाटमा उनकी ९ बर्षिय छोरी रागिनी यादवले दागबत्ती दिएकी छिन । हिन्दु समाजमा महिलाले मलामी समेत जान नहुने संस्कार रहिआएको समाजमा उनले आफ्नो पित्ताको विधिपूर्वक सबै कर्मकाण्ड गरेर दाहसंस्कार गरी महिलाप्रतिको सोचलाई उच्च सम्मान गरेको स्थानिय राजपाका नेता सिताराम यादवले बताए ।
बुवा कृष्णा यादव र आमा अञ्जु देवीको जेठी सन्तानको रूपमा रहेकी छोरी रागिनी यादव र कान्छी छोरी सोहानी यादव छन् । कान्छी छोरी ५ वर्षकी छिन् ।
महिला मलामी जानु हुँदैन, महिलाले दागबत्ती दिनु हुँदैन भन्ने सामाजिक संस्कार तोडे्र ९ वर्षीया बालिका रागिनीले आफ्नो पिताको दाहसंस्कार गरेकी हुन् । बालिकाको यस साहसले समाजको रूढिवादी चिन्तनलार्ई निरुत्साहित गर्न मद्दत पुगेको र छोरालाई मात्र महत्व दिने समजाका केही व्यक्तिलाई गतिलो झापड लागेको नेता यादवले बताए । ९ वर्षीया बालिकाको यसकामलाई समाजले सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button