दुर्घटनाबाट घाइते भएका सीपी मैनालीलाई उपचारकालागी हेलिकप्टरबाट काठमाडौ लगियो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछी
महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।


नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी अस्पताल लगिएको प्रहरीले जानाएकोे छ । मैनालीसहित घाइते सवैलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button