बलात्कारको प्रयास गरेकोमा धनुषाका एक युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
बलात्कारको प्रयास गरेको अभियोगमा धनुषाका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका घर भएका २७ वर्षीय गुरुदेव दास रहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।
गत फागुन ११ गते दिउँसो १ बजे गाउँभन्दा पर खेतमा घाँस काटिरहेकी बालिकालाई बयर खान दिन्छु भन्दै बोलाएर बलात्कारको प्रयास गरेको पीडितको उजुरीबाट खुलेकोे छ । पीडित बालिकाले घटनाबारे आफनी काकीलाई बताएपछि घटना बाहिर आएको हो ।


घटनालाई गाउँमै मिलापत्र गर्ने भनेर छलफल भइरहेको समयमा प्रहरीले सुचना पाएपछी ईलाका प्रहरी कार्यालय यदुकूहाले तत्कालै छिमेकीको घरमा लुकिछिपी बस्दै आएका दासलाई पक्राउ गरेको थियो । पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परिक्षण गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button