बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालय सम्हाल्ने जिम्मा खतिवडालाई



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेकी छिन ।
राष्ट्रपतिले सञ्चार मन्त्रालयको जिम्मा अब अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका थिए ।

बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनको राजीनामा पछि शहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button