सञ्चारमन्त्री बाँस्कोटाले प्रधान मन्त्रीको निर्देशनमा दिए राजीनामा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
सेक्युरिटी प्रेस खरिदबारे एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन निर्देशन दिएपछी उनले राजीनामा दिएका हुन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अग्नी सापकोटाले बाँस्कोटाले राजीनामा दिइसकेको सदनलाई जानकारी गराएका थिए ।


। नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादका आधारमा प्रधानमन्त्रीले उनलाई सूचना तथा सञ्चार प्रविधिमन्त्रीको पदवाट राजीनामा दिन निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button