विद्युत चुहावट गर्ने तथा महसुल तिर्न अटेर गर्नेलाई कारवाही



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विद्युत चुहावट गर्ने तथा महसुल तिर्न अटेर गर्नेलाई तीव्र कारबाही थालेकोे छ ।
केन्द्रले ४ सय ९३ जनाको बिद्युतको लाइन काटेपछि बक्यौता रकम मध्ये एक करोड ४९ लाख ७३ हजार ३ सय ८९ रुपैयाँ असुली भएको हो । केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्दा थप २१ लाख ७३ हजार ५ सय ५७ रुपैयाँ राजश्व असुल गरेको छ । सो अवधिमा प्राधिकरणले विद्युत चुहावट गर्ने चार सय ८ जनालाई कारबाही गरी राजश्व संकलन गरेको जलेश्वर बितरण केन्द्रले जनाएको छ ।


केन्द्रले महसुल तिर्न अटेर गरेकाहरुको लाइन काटेपछि बक्यौता मध्येको अधिकांश ग्राहकले तत्काल महसुल तिरेको नेपाल विद्युत प्राधिकरण जलेश्वर बितरण केन्द्रले जनाएको छ । विद्युत चुहावट नियन्त्रण गर्न नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली खटाईएपछी चोरी गर्ने ५२ जनाबाट २ सय पाँच थान विभिन्न उपकरण र एक सय ५१ थान मिटर समेत नियन्त्रणमा लिई कारबाही गरेको छ ।
सोही अवधिमा हुकिंग गरी विद्युत चारी गरेर प्रयोग गरिरहेका ३ सय ५८ जनाको हुकिंग झिकिएको र पुनः समातिए कारबाही गर्ने चेतावनी समेत दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button