महरामाथिको ‘अभियोग दावी नपुग्ने अदालतको ठहर’

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोग दावी नपुग्ने ठहरगर्दै सोही आधारमा उनलाई सफाइ दिईएको सर्वोच्च अदालतको वेभसाइटमा जिल्ला अदालतको दैनिक पेशी महलमा उल्लेख छ ।
यसैगरी जिल्ला अदालत काठमाडौंका प्रवत्ता आनन्दकुमार श्रेष्ठले प्रतिवादी महराले अदालमा दिएको इन्कारी वयान र पीडित महिलाले अनुसन्धानका क्रममा दिएको वयान तथा अदालतमा गरेको बकपत्रमा उल्लेखित कुरा मिल्न गएकाले उनलाई सफाइ दिने ठहर भएको बताएका छन ।
बयानका क्रममा प्रतिवादी महराले आफू महिलाको घरमा जाँदै नगएको भन्ने व्यहराको इन्कारी बयान दिएको र पीडित भनिएकी महिलाले पनि निज महरा उक्त घटना भएको भनिएको दिन आफ्नो घरमा नआएको बकपत्र गरेको विषयलाई मुख्य आधार मानेको छ ।