भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ ,,खनाल



मेरो प्रदेश सम्वाददाता
महोत्तरी,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्ना दलका नेता भ्रष्टाचारी छन् भने पक्राउ गर्दा वा मुद्दा चलाउँदा केही फरक नपर्ने बताएका छन । महोत्तरीको बर्दिवासस्थित आधारशिलाको १७ औं बार्षिकोत्सवलाई शनिबार सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन । खनालले अख्तियारले देशमा सुशासन कायम गर्न सहि काम गरिरहेको भन्दै
भ्रष्टाचारमा संलग्न भएका जुन सुकै दलका नेता भएपनि कारबाही गरिनु पर्ने आवश्यकता औल्याए । उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारीलाई जोगाएर मुलुक र समाज रुपान्तरण गर्न नसकिने बिचार ब्यक्त गरे ।
उनले कम्युनिष्ट शाषणका लागी पनि सुशासन अति आवश्यक रहेको भन्दै नयाँ कानूनलाई टेकेर मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको बताए ।


कार्यक्रममा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले नेकपाका नेता भ्रष्ट भए अख्तियारले समात्नु् पर्ने बताए । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि विपक्षी दल र सत्तारूढ दलले आफ्नालाई जोगाएको भनी अभिव्यक्ति दिनु गलत रहेको प्रस्ट पारे । उनले अख्तियारले कडईकासाथ छानबिन गरेमा हाम्रा नेता पनि दोषी छन् भने कारबाही गरियोस भनी माग गरे । 

अख्तियार स्वतन्त्र निकाय भएकाले सरकारले अख्तियारको काममा कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button