छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ

मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको पोखरियाका एकजना ४० बर्षिय पुरुषलाई १६ वर्षकी छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको
आरोपमा मंगलबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अभियुक्तले आफ्नै घरभित्र धम्की दिएर शुक्रबारदेखि आफुलाई बलात्कार गर्दै आएको पीडित किशोरीले इलाका प्रहरी कार्यालय पोखरियामा बताएकी थिइन् ।
उजुरीलगत्तै प्रहरीले अभियुक्त र उनकी श्रीमती निगरानीमा राखेर अनुसन्धान सुरु गरेको छ ।