सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) नेपालको महोत्तरीमा श्रेष्ठ चयन



राजकरण महतो
महोत्तरी
सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को महोत्तरी जिल्ला समन्वय समिति गठन भएको छ । सामुदायिक रेडियो सुनगाभा बर्दिबास महोत्तरीका संचालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।
महोत्तरीको बर्दिबासस्थित गौतम होटलमा सामुदायिक रेडियो प्रसारक संघ नेपालका महासचिव गोविन्द देवकोटाको प्रमुख आथित्यमा भएको भेलाले श्रेष्ठलाई सर्वसम्बत रुपमा चयन गरिएको थियो ।
आउँदो माघ २८ गते महोत्तरीको बर्दिबासमा प्रदेश स्तरीय विश्व रेडियो कार्यक्रम मनाइने भएको छ । महोत्तरीमा ९ वटा सामुदायिक रेडियो रहेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button