दिलीप हत्यापछि पनि धनुषामा रोकिएन दोहन ,, मध्यराति प्रहरीद्वारा ४ टिपर र १ जेसीभी नियन्त्रण

मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा नदी उत्खनन्को बिरोध गर्दा दिलीपकुमार महतोको हत्या भएपछी घटनाको देशव्यापारी रुपमा विरोध भयो।
तर, दिलीप हत्या बिरोधको घटना मत्थर हुन नपाउँदै धनुषाको चुरे क्षेत्रमा फेरि अवैद्य उत्खनन सुरु भएको छ। रातिको समयमा क्रसर तथा कन्ट्रक्सन संचालकले चुरे क्षेत्रमा अवैध उत्खनन्लाई तिब्र बनाएपछी
आइतबार राति धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैद्य उत्खनन गर्ने टिपर र जेसीभीलाई प्रहरीले समातेको घटना सार्वजनिक भएको छ ।
धनुषा प्रहरीले चुरे क्षेत्रमा पर्ने कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको समयमा चार वटा टिपर, एउटा जेसीभीसहित ४ जना चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तीनजना टिपरका चालक र एकजना जेसीभका चालक छन्। एउटा टिपरका चालक भने फरार भएका प्रहरीले जनाएको छ । प्रहरीले
बा ३ ख ७६००, बा १ ख २९३९, ना २ ख २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ का २९८७ नम्बरको एउटा जेसिभीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।