भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने दायित्व राज्यको ,, उपराष्ट्रपति पुन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
उपराष्ट्रपति नन्द बहादुर पुनले भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने मुख्य दायित्व राज्यको भएकोले राज्यले यसलाई संरक्षण गर्नुपर्ने वताएका छन ।
महोत्तरीको बर्दिबासमा बिहीबारदेखि आयोजना गरिएको जनजाति महोत्सवको एक भव्य कार्यक्रमबीच उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले नेपालमा १ सय २३ भाषा र १ सय २५ जातजाती रहेको बताउँदै उपराष्ट्रपति पुनले अहिले केही भाषाहरु मात्रै बोलिने गरेको बताए । अन्य भाषाहरु कि त लोप भइसकेका छन् कि त संकटको अवस्थामा रहेको विज्ञहरुले वताउँदै आएको जानकारी दिदै पुनले भने ‘लोप भएको वा हराउँदै गएको भाषा र जातिको बारेमा खोज, अनुसन्धान गरि उनीहरुको संरक्षण र सम्बद्र्धन गर्न राज्यले सक्नु पर्छ त्यो राज्यको दायित्व हो ।
भाषा र संस्कृति हाम्रो पहिचान र सम्पत्ति भएकोले योसंकटमा परिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले राज्यले एउटा वृहत योजना बनाएर यी विषयवस्तुहरुमा अगाडी बढनुपर्ने आवश्यकता औल्याए । उनले तिन तहको निर्वाचन पश्चात देश संवैधानिक स्थिरतातर्फ अगाडी बढिसकेको भन्दै अब समृद्ध नेपाल र सुखी नेपालीको नारालाई संस्थागत गर्ने गरी काम गरिने प्रस्ट पारे । हाम्रो संविधानले सबै कुरा समेटन नसकेको कुराहरु उठने र सुझाव आउने गरेको भन्दै संविधान एउटा गतिशिल दस्तावेज भएकोले समयको क्रम अनुसार राज्यलाई व्यवस्थित गर्ने सन्दर्भमा समस्यालाई सुधार गर्न र थप्न सकिने वताए । उनले आदिवासीको मुख्य मुद्दाको रुपमा रहेको पहिचानको मुद्दाको सम्बोधन पनि ठिक समयमा र ठिक सन्दर्भमा गरिनुपर्ने कुरामा जोड दिए ।
पर्यटन वर्ष शुरुवात भएको ठिक एक महिनामा शुरु भएको यो महोत्सव पर्यटनको क्षेत्रमा मुख्य आधार बन्ने भन्दै उनले यो महोत्सवले समग्र प्रदेश नं. २ को कृषि, पर्यटनलाई टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सीपसहितको शिक्षा आजको युवा पुस्ताको लागि अपरिहार्य रहेको बताए । उनले मुर्तीको पुजा भन्दा पनि मुर्ती बनाउने सीपको विकास गर्नुपर्नेमा जोड दिए । पोखरेलले यस्ता महोत्सवले बजारीकरणमा सहयोग पुग्ने भन्दै महोत्सवहरुलाई तडकभडक तिर नलान आग्रह समेत गरे ।
कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्षय शशिकला दाहालले सिप र व्यवहारिक शिक्षाको पाठयक्रम बनाउनुपर्ने माँग गर्दैै देशलाई कृषि प्रधान भनिएपनि युवाहरु कृषिबाट पलायन भइरहेकोमा चिन्ता प्रकट गरिन । देश कृषिमा आत्मनिर्भर भएमात्रै सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा हुने उनको भनाई छ । जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष सन्तराज मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर बराम, बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कार्की, उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रलाद क्षेत्री लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।
दश दिनसम्म चल्ने महोत्सवमा २ सय भन्दा बढी स्टलहरु राखिएका छन् भने स्टलमा स्थानीय कृषि उपजलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button