बिद्याकी देबी सरस्वतीको आज पुजा आरधनागरी सरस्वती पुजा मनाईदै

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
विद्याकी देवी अधिष्ठात्री सरस्वतीको पूजा आराधना सहित हिन्दु धर्माबलम्बिहरुले आज श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्ब एबम बिद्याकी देबी सरस्वतीको बिषेश पुजा आराधाना गरी मनाईने गरिन्छ । बिषेश गरी आज स्कुल र कलेजमा सरस्वतीको मंन्दिर स्थापना गरी बिद्यार्थीहरुले धुमधामका साथ पुजाअर्चना गरी मनाउने गर्दछन । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । बसन्त पञ्चमी बाट समेत चिनिने यो दिनमा चन्द्रमा जस्तो गोरो बर्ण भएकी वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको निष्ठापुर्बक पुजा गरेमा बिद्या आर्जन हुने पौराण्कि बिश्वासरहि आएको छ। विद्यार्थीहरुले बिहानै उठेर नुहाइ धुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापी कलममा आजको दिनमा पुजा गर्ने गर्दछन भने साहित्यकार, संगीतकार लगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजाआजा गर्ने गर्दछन । आजका दिन गरिने जुनसुकै शुभकार्यका लागि साइत हेर्न नपर्ने धार्मीक विश्वास रहेको छ । आज बिहानैदेखि सरस्वती मन्दिर र बिद्यालयहरुमा श्रद्धालुहरु र बिद्यार्थीको भीडभाड हुने गरेको छ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वासका साथ आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइने चलन समेत रहेको छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकीे पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ ।