पत्रकार बन्न अब लाइसेन्स लिनु पर्ने



पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता गर्न अब प्रवेश परीक्षा दिनुपर्ने भएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नव प्रवेशी पत्रकारहरुलाई पत्रकारिता गर्न सो व्यवस्था गरिएको हो ।


यस विषयमा सरकारका , सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले विश्वविद्यालयबाट पत्रकारिता पढेर आएकै हुन्छन , उनीहरुको न्यूनतम व्यावसायिक परीक्षा मात्रै लिने व्यवस्था गरेको बताए ।
उनका अनुसार व्यावसायिक पत्रकारिता र आचारसंहिताका विषयमा परीक्षा लिएर पेशागत शुद्धताका लागि यसले सहयोग गराउने जिकिर गरे । मन्त्री बास्कोटाले पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् व्यवस्था गरिने उल्लेख गरे ।
नयाँ प्रवेशीका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र ९ लाइसेन्स० का लागि जाँच लिनेछ । काउन्सिलले पाठ्यक्रम बनाएर उक्त व्यवस्था तय गर्न लागेको छ । यसबाट पत्रकारिकता पेशा थप मर्यादित र जवाफदेहि हुने विश्वास काउन्सिलले गरेको छ ।

 

प्रवेश परीक्षा लिएर मात्रै पत्रकारिकता गर्ने व्यवस्थाभएपछि सिमित संख्यामा मात्र पत्रकारहरुको प्रवेशले पत्रकारहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी भएर जिम्मेवारी बहन गर्न बल पुग्ने रातोपाटी अनलाइका महोत्तरी संवाददाता निकेश खनालको ठहर छ । उनले पत्रकारिकता क्षेत्रमा भइरहेको विकृति विसंगतिको अन्त्य गर्दै , आवाज विहिनहरुको आवाज बाहिर ल्याउन दक्ष जनशक्तिको आवश्यकता परेको हुनाले काउन्सिलले गरेको निर्णयप्रति सहमति जनाएका छन् । उनका अनुसार पत्रकारले विकृति ल्याउने नभैं विकृतिलाई जरैदेखि उखालेर फाल्न समाज निर्णान गर्न सक्ने दक्ष,चित्त व्यक्तिको खोजी यो व्यवस्थाबाट हुन सक्ने धारणा राखे ।

उनले राज्यका सबैजसो क्षेत्रमा प्रवेश गर्नुअघि अनुमतिको व्यवस्था हुने तर प्रेस जस्तो सबैको चासो र गम्भिर विषयमा अनुमति लिइ रहनु नपर्ने भएकाले जस्ता पनि व्यक्तिको प्रवेश पत्रकारीकतामा भएपछि पत्रकारीकता पेशा माथि नै प्रश्न चिह्न खडा भइरहेको बखत काउन्सिलको यो व्यवस्था स्वागत योग्य भएको विचार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button