सभामुख अग्नि सापकोटाले आज ११ बजे शपथ ग्रहण गर्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौँ,
नवनिर्वा्चित सभामुख अग्नि सापकोटाले आज (सोमबार) ११ बजे शपथ ग्रहण गर्ने भएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वा्चित सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।

सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वा्चित भएका हुन् ।

संसद सचिवालयको जानकारी पत्र प्राप्त गरेपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम आज ११ बजेका लागि तय गरेको हो । सापकोटाले सभामुख पदको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेकोे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button