मृत्यु दण्डको सजायबाट जोगिएर अन्ततः नेपाल आइपुगे उमेश



 


पाकिस्तानी सहकर्मीको हत्या अभियोगमा साउदी अरेबियाको जेलमा मृत्यु दण्डको सजायबाट जोगिएर धनुषाका ३९ वर्षीय उमेश यादव अन्ततः नेपाल आइपुगेका छन् ।
बुधबार बिहान उमेश काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको जीवन रक्षाको निम्ति २ वर्षदेखि जनकपुरका समाजिक अभियन्ता सरोज रायले उमेश यादव बचाउ अभियान नै सञ्चालन गरेका थिए । अभियन्ता रायले बुधबार बिहान उमेशलाई विमानस्थलमा स्वागत गरेका थिए । उमेशलाइ बचाउन अभियानमा सहयोग पुर्याउने सबैलाई रायले हार्दिक धन्यवाद समेत दिएका छन् ।
धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अभियोगमा जुवेलका जेनर कोर्टले १५ अप्रिल सन् २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो । ‘घाँटी रेटेर उमेशलाई २४ घण्टा झुण्डयाउने’ आदेश अदातले दिएको थियो ।
१४ वर्ष अघि अर्थात सन् २००६ मा यादव वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका थिए । सायदी गएकै केही समय पश्चात विवादकै क्रममा पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको मृत्यु भएपछि उमेशलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। जुवेल जेनरल कोर्टको आदेशमा उनलाई साउदीको जुवेल जेलमा राखिएको थियो ।
उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल गरिरहेका थिए ।
अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लडमनी’ को लागि चन्दा संकलन अभियान सुरु गरेका थिए । उनले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति अनुरोध समेत गरेका थिए ।
मृतक पाकिस्थानी परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ‘ब्लडमनी’ लगायत अदालती प्रक्रियामा अगाडि बढेको थियो ।
चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ समेत दिएपछि उमेश जेलबाट रिहा भए ।
उमेशले आफुलाई जीवन रक्षा गरिदिएकोमा अयिभन्ता सरोज राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button