धनुषाका १३ स्थानीय तहलाइ कारबाही



 


प्रदेश नं २ को धनुषाका १३ स्थानीय तहलाइ कारबाही गरिने भएको छ । स्थानीय तहले राजस्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारवाही स्वरूप अनुदान रकम कट्टा गर्न लागिएको छ ।

प्रदेश २ कोष लेखा तथा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विनोद गेलालका अनुसार धनुषा जिल्लाको जनकपूर १ उपमहानगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, मुख्यपट्टी मुसरनिया, नगराइन, कमला, बटेश्वर, औरही, जनक नन्दनी, गणेशमान चारनाथ, क्षिरेश्वरनाथ, मिथिला बिहारी र हँसपुर गरी ११ वटा नगरपालिका कारवाहीमा परेका छन् । त्यस्तै गरी ६ गाउँपालिकामा रहेको जनकपुरधामसहित १३ स्थानीय तहलाई कारवाही गरिएको छ । कारबाहीमा परेका १३ वटै स्थानीय तहको अनुदान रकम कट्टा गरिएको श्रोतले जनाएको छ ।

त्यसैगरी वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिरी हुन नदिने कतिपय स्थानीय तहलाइ पनि कारवाहीको दायरामा ल्याइएको कोलेनिका प्रमुख गेलालले बताए ।

संकलित राजस्वमध्ये ६० प्रतिशत राखेर ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने प्रावधान रहेको छ। राजस्व नबुझाउने स्थानीय तहको अनुदान पनि कटौती हुनेछ। तर, अधिकांश स्थानीय तहले प्रदेश सरकारलाई राजस्व नै बुझाएका छैनन्।
प्रमुख गेलालले राजस्व प्रदेशलाई बुझाउन सबै स्थानीय तहलाई निर्देशन दिइएको भएपनि अधिकांश स्थानीय तहले बेवास्ता गर्दै आएको बताए । उनले राजस्व नबुझाउने स्थानीय तहलाइ समेत कारबाहीको दायरामा ल्याउने बताए ।

उनका अनुसार कारबाहिमा नपरेका सबैला नगरपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र लक्षमीनियाँ गाउँपालिकाले समयमै सबै काम गरेकोले अनुदान रकम कट्टा नगर्ने समेत गेलालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button