आज प्रदेश नम्बर २ मा बलिदानी दिवस मनाइदै

आज मधेश आन्दोलनका सहिदहरूको सम्झनामा प्रदेश नम्बर २ मा बलिदानी दिवस मनाइदै छ । मधेश आन्दोलनका क्रममा विभिन्न समयमा साहदत प्राप्त सहिदहरुको सम्झनामा आज माघ ५ गते बलिदानी मनाउन लागिएको हो । यस अवसरमा प्रदेश सरकारले आइतबार वीरगञ्जमा बृहत बलिदानी दिवस मनाउने भएको छ । दिवसको अवसरमा प्रदेश सरकारले प्रदेश नं २ मा सार्वजनिक बिदा दिएको हो ।