आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइदंै



आज २२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । वि सं १९९० सालमा माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा गएको भुकम्पको सम्झना स्वरुप वि सं २०५५ सालदेखि नेपालमा यो दिवस मनाउन थालिएको हो । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ विहिबार देशभर भुकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । नेपालमा ९० साल पछाडी पनि वि सं २०४५,२०६८ र २०७२ सालमा ठूलो भुकम्पको धक्का महसुस गरिएको थियो ।


 

पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाइ गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तीशाली भुकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

 

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति र्पुयायो भने अन्य १८ जिल्लामा आंशिक क्षति पुगेको छ । गोरखा भुकम्प पछि पनि नेपालमा साना साना भुकम्पको धक्का महसुस गरिएको खानी तथा भुर्गव मन्त्रालयले जनाएको छ । यो दिवस मनाउन सरकारले ७ प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button