दिलिपकाे परिवारलाइ ५ लाख दाेषीलाइ हदै सम्मकाे कारबाही

प्रदेश नम्बर २काे सरकारले धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो (ओमप्रकाश)काे परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएकाे छ।
साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले महतोको परिवारलाई राहत उपल्बध गराउने घाेषणा गरेकाे प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले बताए । उनका अनुसार महतोको हत्यामा संलग्नलाई कडा कारवाही गर्न प्रदेश सरकारले कुनै कसरत बाँकी नराख्ने समेत उल्लेख गरे ।
उनले प्रदेश नंम्बर २ मा अवैध रूपमा भैरहेकाे चुरे दाेहन राेक्ने गरी प्रदेश वातावरण कानुनको मस्यौदा समेत तयार भएको जानकारी दिए।
महतोलाई शुक्रबार बिहान ४ बजे टिपरले किचेर हत्या गरिएको थियो। उनकाे हत्याकाे विराेध चाैतर्फी रूपमा अाइरहेकाे बेला प्रदेश सरकारकाे याे निर्णय सार्वजनिक भएकाे हाे ।