दिलिपलाइ मार्ने याेजना खाेलामै बन्याे , ५० हजारकाेलागी मुनिन्द्रले गरे हत्या

अवैध खाेला दाेहनका अभियानी दिलीप भनिने ओमप्रकाश महतोलाइ किचेर मार्न पैसाकाे प्रलाेभन देखाएकाे रहस्य सार्वजनिक भएकाे छ । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका दिलीपलाइ किचेर मार्न लगाएकाे थियाे । याे काम गरेवापत चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोले टिपर चालक मुनिन्द्रसँग ५० हजार दिने माैखिक सम्झाैता खाेलामै भएकाे तथ्य बाहिर अाएकाे छ ।
अवैध खाेला उत्खन्न राेक्न गएका दिलिपकाे टिपर चालकसँग भनाभन भइरहेकै बेला फलामकाे लिभरले दाहिने कोखमा हानी सख्त घाइते बनाएर टिपरले किचेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए। कुटपिटबाट घाइते भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो।
प्रहरीले घट्नामा संल्घन क्रसरधनी विपिन महताे , लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो , बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई पक्राउ गरी शनिबार राति पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेकाे छ ।