अवैध खाेला उत्खन्नकाे विराेध गर्ने दिलिपकाे अन्त्येष्टि

शनिबार राति औरही खोलामा २ सय भन्दा बढि मानिसकाे जमघट थियाे । सयाैंकाे संख्यामा मानिसहरू भएपनि सबै जना माैन थिए । भर्खरै २४ वर्ष पुगेका अवैध खाेला उत्खन्नकाे विराेध गर्ने युवा दिलीपकुमार महतोको शव छेउमा सबैकाे झुण्ड थियाे । त्यहाँ उपस्थित सबै माैन र सबैकाे अाँखा रसायकाे थियाे , याे हृर्दयविदारक दृश्य देखेर नरूने काेही थिएन । याे दृश्य हाे धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवा दिलीपकुमार महतोको अन्त्येष्टि स्थलकाे हाे ।
शुक्रबार बिहान ४ बजे औरही खोलामा उत्खनन भइरहेको थाहा पाएपछि रोक्न जाँदा दिलिपलाइ रडले प्रहार गरी घाइते बनाई ना ७ ख ६४१३ नम्बरकाे टिपरले किचेर वीभत्स हत्या गरिएको थियो। उनकाे हत्या पछि अहिले उनकाे गाँउ पूरै शाेकमग्न भएकाे छ । शनिबार राति उनकाे अन्त्येष्टिमा पनि त्यस्तै शाेक देख्न सकिन्थ्याे ।
दिलिपकाे अन्तिम दाँहसंस्कार उनकाे हत्या भएकाे ठाँउ भन्दा १ सयमिटर नजिकै गरिएकाे थियाे । माघकाे कठ्याग्रीदाे जाडाेमा उनका ७५ वर्षिय हजुरबुबा रामप्रित महताेले थरथर काँपेकाे हातले नातीकाे शवमा दागबती दिएका थिए ।
अाफ्नै हातले हुर्काएका नातीलाइ यति कलिलै उमेरमा पूनः अाफ्नै हातले अन्तिम संस्कार गर्नुपर्ला भन्ने नसाेचेका रामप्रितले शनिबार राति त्यस्ताे अशाेचनीय कार्य गर्नु नै पर्याे । नातीकाे हत्या पछि उनी बाेल्न छाडेका छन् एकहाेराे राेइ मात्रै रहन्छन् । हत्यापछि प्रहरीले उठाएको मुचुल्कामा आफन्तकाे चित्त नबुझेपछि दिलीपको शवको पोस्टमार्टमा ढिलाई भएको थियो। कागजी प्रक्रियामा चित्ता बुझेपछि झण्डै ३६ घण्टा पश्चात प्रादेशिक अस्पताल जनकपुरमा शनिवार साँझ मात्रै पोस्टमार्टम गरेकाे हाे ।
भारतको भोपालमा इन्जिनियरिङ विषयकाे अन्तिम सेमेस्टरकाे अध्ययन गरिरहेका दिलीप घर आएको बेला उनको हत्या भएको हो। गाँउकैकाे पूर्वको औरही र पश्चिमको बसही खोलामा भइरहेको अवैध खाेला दोहन विरुद्धको अभियानमा सक्रिय रुपले लागेका थिए।
घर आएको बेला युवाहरुको अवैध खोला दोहनको विरोध गर्ने र रोक्ने कार्यकाे नेतृत्व गर्दै अाएका दिलीपकाे गतिविधिले व्यवसायमा असर पर्ने भएपछि स्थानीय चुरियामाई प्रशोधन क्रसरसंचालक विपीन महतो लगायतले उनको हत्या गर्ने तानाबाना बुनेका थिए ।