दिलिप हत्यामा संल्घन यी चार जना पक्राउ



अवै ध खोला उत्खननको विरोध गर्ने धनुषा मिथिला नगरपालिका ५ श्रीपुरका युवक   दिलीपकुमार महतो  भन्ने अाेमप्रकाश महताेकाे  हत्या नै गरिएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न अाएकाे छ ।


हत्या घटनाको अभियुक्तहरु छुटाउने दबाब बढेपछि प्रहरीले शनिबार राति ८ बजे पत्रकार सम्मेलन आयोजन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । अभियुक्तहरुलाई सार्वजनिक गर्दै धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले दिलिपकाे हत्यानै भएकाे खुलासा गरेकाे छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य योजनाकार क्रसर सञ्चालक  विपीन महतोसहित ४ जनालाई पक्राउ गरी   पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको  छ  ।

हत्याका मुख्य याेजनाकार २७ वर्षिय   विपीन हत्या भएका दिलीपकै  गाउँले हुन् ।  उनले घर पूर्वको औरही खोलामा चुरियामाई प्रशोधन केन्द्र क्रसर सञ्चालन गर्दै अाएका छन् ।

विपिनसंगै  अन्य तिन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिलीपलाई किच्ने ना ७ ख ६४१३ नम्बरका टिपर चालक महोत्तरीको बर्दिबास नगरपालिका ९ बस्ने वर्ष ३४ का मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका २ बस्ने २४ वर्षका जितेन्द्रकुमार महतो र दिलीपसंगै खोलामा उत्खनन हुँदै छ भनेर रोक्न जाने छिमेकी साथी २७ वर्षका रोशन यादव छन् ।

धनुषा जिल्लाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार  खाेला उत्खनन भइरहेको थाहा पाएपछि टिपर समात्न गएका दिलीपलाई उनीहरुले फलामको लिभरले दाहिने कोखमा घोँची घाइते पारी, खोलामा सुताएर   उनीमाथी टिपर चलाएर  हत्या गरेको बताए ।

उपरीक्षक बस्नेतले  हालसम्म अनुसन्धानको क्रममा चारजनालाई पक्राउ गरेर सार्वजनिक गरेको र घटनामा अन्यको समेत संलग्नता भए उनीहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरमा ल्याउने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button