किचेर हत्या गर्ने टिपरका चालक पक्राउ



अवैध खोला उत्खननको विरोध गर्ने धनुषाका एक युवकको किचेर हत्या गर्ने टिपर चालकलाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महाेत्तरीकाे  बर्दिवास घर भएका मुनिन्द्र महतोलाई नियन्त्रणमा लिएको  छ ।


शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने रामजीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश  भन्ने  दीलीपकुमार  महतोको  हत्या गरिएको थियाे ।

कमहतोकाे शुक्रबार बिहान करिब ४ बजे साथी रोशन यादवसँग मोर्निङवाक गर्न निस्केको बेला घर नजिकैको पूर्व पट्टीको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या भएको थियाे ।

हत्याकाे विराेधमा स्थानीयले शुक्रबार पूर्व—पश्चिम राजमार्ग अन्र्तग श्रीपुर चोकमा टायर बालेर राजमार्ग अबरुद्ध गरेका थिए ।  घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button