तराईमा शुक्रबारदेखि हुस्सु र कुहिरो लाग्ने

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
अहिले तराईका विभिन्न स्थानमा फाट, फुट वर्षा भइरहेको छ। वर्षाका कारण तराईमा फेरी चिसो बढेको छ ।
विशेषगरी पश्चिम तराईमा पानी परिरहेको मौसमविद्हरु बताउछन ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुरु भएपछि मंगलबारदेखि तराई क्षेत्रमा हुस्सुरकुहिरो हटेको छ ।
तर (शुक्रबार)देखि पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुदै जाने भएकाले तराईमा फेरि हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिएको मैषमबिदको अनुमान छ । हुस्सु र कुहिरो नलाग्दा तराईका बासिन्दाले कम्तीमा बिहान हुने अत्यधिक चिसोबाट छुट्कारा पाएका थिए । तर दिउँसो घाम नलाग्ने भएकाले दिनमा भने जाडो नै भइरहेको छ।