फरार रहेका १७ अभियुक्त लाई सिरहा प्रहरीले पक्राउ गर्याे



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहा प्रहरीले सोमबार विभिन्न मुद्दामा फरार १७ अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका–४ का ५८ वर्षीय इसराइल मियाँ ,सोही नगरपालिका–६ का राजकुमार साह रहेका छन्। यसैगरी खड्क नगरपालिका –९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका–९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका–६ का नजबुद मियाँ र सोही नगरपालिका–९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भारतीले बताए। राजगढ गाउँपालिका–२ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका–३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय नरसिहं चौधरी, खड्क नगरपालिका–९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका–९ का ५७ वर्षीय झौली मण्डल, सोही नगरपालिका–२ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र सङ्गीताकुमारी चौधरी रहेका छन ।
अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलाई लुकीछिपी बसिरहेको ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । सिरहामा प्रहरीले फरार भएका अभियुक्तलाई पक्राउ गर्ने अभियाननै चलाएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button