अष्ट्रेलियाको डढेलो नियन्त्रण भन्दा बाहिर गएपछि २४ मानिस र करिब ५० कराेड पशुपंक्षीकाे डढेर मृत्यू



गत सेक्टेम्बर महिनादेखि अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलो  झन खतरापूर्ण भएकाे छ ।  चार महिनादेखिको डढेलो नियन्त्रणमा  भन्दा  बाहिर गइरहेकोले अहिले सम्म  २४ जना मानिसकाे मृत्यू भएकाे  छ , भने करीब ५० करोड जनावर र पंक्षीहरुको डढेर  मृत्यु भइसकेको छ ।डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको  छ । आगलागीका कारण हावा र विषालु धुँवा  पूर्वी तटमा फैलिएकाेले त्याँहाकाे  जनजीवन   निकै  कष्टकर भैसकेकाे छ । डढेलाेकै कारण त्यस क्षेत्र आसपासका मानिसहरू घर छाडेर भागीरहेका छन् । अहिले  त्यहाँकाे तापतक्रम ५० डिग्री सेल्सियस सम्म पुगेकाे छ । 

आगाेमा  फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अस्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको  जनाइएकाे छ  ।यसैबिच अस्ट्रेलिया सरकारले  जङ्गलमा लागेको आगोका कारण   आपतकालीन स्थिति घोषणा गरेको छ । सडक बन्द गरिएको छ भने स्थानीय र पर्यटकलाई  अन्यत्रै सारिएकाे छ।


तस्बिर विभिन्न सञ्चार माध्यमबाट साभार गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button