आज देशभर पानी पर्दै,आइतबार देखि मात्रै माैसममा सुधार

पश्चिमी वायुको प्रभावका कारण आज शनिबार पनि देशभरमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएकाे छ ।
महाशाखाका अनुसार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेकाे छ । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ। पश्चिमका केही स्थानमा वर्षा सँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
काठमाडौं उपत्यकासहित मध्य तराइ क्षेत्रका केही स्थानमा हल्का पानी परिरहेको जनाएकाे छ । वर्षा र हिमपातका कारण अत्यधिक चिसो भएकाेले सर्तकता अपनाउन महाशाखाले सबैलाइ आग्रह गरेको छ। पश्चिमी वायुको असरका कारण आइतबारसम्मै मौसम बदली भइरहने छ । आइबार देखि मात्रै माैसममा क्रमिक सुधार हुनेछ ।