घाँस काटिरहेकी महिलामाथि बलात्कारको प्रयास



मेरो प्रदेश सम्वाददाता
धनुषा
खेतको आलीमा घाँस काटिरहेकी एक महिलामाथि धनुषामा बलात्कारको प्रयास भएको घटना बाहिरिएको छ ।
जिल्लाको औरही गाउँपालिका घर भएकी २५ वर्षीय एक युवतीमाथि खेतको आलीमा घाँस काटिरहँदा बलात्कारको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महिलाले घाँस काटिरहेका बेला ३५ वर्षीय गाउँकै छिमेकी रामकुमार यादवले बलात्कारको प्रयास गरेको आरोप उनले लगाएकि छिन ।
बलत्कारको प्रयास पछी महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा यादवविरुद्ध उजुरी दर्ता गराएकी छन् । आफू खेतको आलीमा घास काटिरहँदा रामकुमारले कुदृष्टिले हेरेको र भाग्न खोज्दा आफूलाई लखेटेर जर्बजस्ती खेतमा हातपात गर्दै भुईमा खसालेको आरोप पिडित महिलाको छ । उजुरी पछी बलात्कारको प्रयास गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले महिलाले उजुरी दर्ता गराएको जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button